काठमाडौं । सोयाबिन चिल्ली खाजाको लागि स्वादिष्ट परिकार हो । शाकाहारी र मांसाहारी दुवै थरिको लागि उपयुक्त हुने यो खाजा घरमै सजिलो तरिकाले बनाउन सकिन्छ ।

सामग्री :

सोयाबिन १०० ग्राम

प्याज, लसुन, टमाटर, हरियो खुर्सानी, लसुनको पात

क्यासिकम

मकैको पिठो

मैदा

नुन, बेसार, रातो धुलो खुर्सानी, मरिच

सोया सस, भिनेगर , टोमाटो केचप

सूर्यमुखी तेल

 

विधि :

सोयाबिनमा तातो पानी राखेर भिजाउने

पानी निचोरेर अर्को भाँडामा राख्ने

सोयाबिनमा मरिच, नुन, मकैको पीठो, मैदा राखेर मोल्ने

तेलमा पिठोमा मुछिएको त्यो सोयाबिनलाई एउटा/एउटा गरेर राख्दै फ्राई गर्ने

अर्को भाँडोमा प्याज लसुन फुराउने, त्यसपछि लसुनका पात, खुर्सानी, क्याप्सिकम, नुन लगायत सबै सामग्री राखेर पकाउने

केही छिन चलाउँदै पकाएपछि अघि फ्राई गरेको सोयाबिन मिक्स गरेर पकाउने

 

विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस् :

Comments

comments