मेलबर्न । नेपाली जनसम्पर्क समीति अष्ट्रेलियाको पहिलो अधिवेशन सम्पन्न भएको छ । करिब १ सय ८० जनाको सहभागितामा शनिबार मेलबर्नमा अधिवेशन सम्पन्न भएको हो ।

नेपाली कांग्रेस चितवनका पूर्व सभापति टिकाराम न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महावाणिज्यदुत चन्द्र योञ्जनले अतिथीको आसन ग्रहण गर्नुभएको थियो। एनआरएनएका अध्यक्ष टोनु घोताने, महासचिव नारायण कोइराला,  उपसंयोजक ईश्वर कुइकेल, पूर्व उपाध्यक्ष अभिमान सिंह बस्नेत लगायतका व्यक्तित्वहरुको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो ।

कार्यक्रममा जनसम्पर्क समीति क्विन्सल्याण्डबाट सभापति अभिमन्यु के.सी, सचिव वसन्त पौडेल, कोषाध्यक्ष अच्युत अधिकारी लगायत नेता तथा जनसम्पर्क समीति नर्थन टेरीटोरी डार्विनबाट सभापति सविन बराल कार्यक्रममा उपस्थित भएका थिए ।

त्यस्तै,कार्यक्रमा वेस्टर्न अष्ट्रेलियाबाट राजेश बुढाथोकी, साउथ अष्ट्रेलियाबाट युवा नेता रमेश जोशी लगायत नेता, क्यानबेराबाट सभापति अशोक सुवेदी र सिड्नीबाट युवा नेता थानु शाक्य, शितल खांड, कोमल पाठक लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

नेपाली जनसम्पर्क समीतिको पहिलो अधिवेशनमा सहभागी भएका सम्पूर्ण व्यक्तित्वलाई दुर्गा आचार्यले स्वागत मन्तव्य द्वारा स्वागत तथा धन्यवाद प्रकट गर्नुभएको थियो । दुर्गा आचार्य जनसम्पर्क समीतिका संस्थापक हुनुहुन्छ । कार्यक्रममा बोल्दै, संस्थाका सभापति सुरेश पोखरेलले सबै मिलेर अगाडी बढ्दै सामाजिक क्षेत्रमा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेता नारायण काफ्लेले संस्थाको विधानबारे प्रष्ट पार्नुभएको थियो भने अर्का नेता देवेन्द्र बस्नेतले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। कार्यक्रममा बोल्ने सबै वक्ताहरुले जनसम्पर्क समीतिका गतिविधिहरु सह्रानीय रहेको उल्लेख गरेका थिए । दिउँसो १ बजे देखि राती ८ बजेसम्म चलेको कार्यक्रमको संचालन रमेश कार्कीले गर्नुभएको थियो ।

जनसम्पर्क समीतिको २५ सदस्यीय कार्यसमिति अध्यक्षमा सुरेश पोखरेल, उपाध्यक्षमा बिनित राज शर्मा, सचिवमा गणेश पौडेल, सह-सचिवमा गोपाल काफ्ले, कोषाध्यक्षमा बिपी कोइराला तथा सदस्यहरुमा सिजन थापा, सविता लामिछाने, अनिता पौडेल, प्रकाश कार्की, बिनोद लामा, सुवास बराल, तिलक राम सापकोटा, गणेश कंडेल, सोभित प्रधान, कमल लामिछाने, राम कंडेल, नरेश रावाल, शिशिर बस्ताकोटी, दिनेश बन्जरा, उमेश उप्रेती, मनोनित सदस्यहरुमा सोम प्रसाद गुरुङ, नारायण काफ्ले, देवेन्द्र बस्नेत, रमेश कार्की, प्रकाश आचार्य, हरि भुसाल हुनुहुन्छ भने सल्लाहाकारको रुपमा दुर्गा आचार्य रहनुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments