संसद खुलाउने विषयमा आज प्रमुख तीन दल छलफलमा जुट्ने भएका छन् ।

दुई महिनादेखि संसद अवरुद्ध भइरहेकाले समस्या भएको भन्दै आज त्रिपक्षिय छलफल हुन लागेको हो । हिजो मात्रै संसद सुचारु गर्ने विषयमा एमाले अध्यक्ष कोपी शर्मा ओली र एकीकृत माओवादी नेता डा बाबुराम भट्टराईबीच छलफल भएको थियो ।  आज अन्य दलहरुसँग पनि छलफल गरेर संसद सुचारु गर्ने विषयमा छलफल हुने भएको हो । छलफलको समय र स्थान भने तय भइनसकेको नेताहरुले बताएका छन् । यसअघि भएको चार बुँदे सहमति कार्यान्वयनको माग गर्दै एकीकृत माओवदी र मधेसवादी दलहरुले संसद बैठक लगातार अवरुद्ध गरिरहेका छन् ।

Comments

comments