काठमाडाैँ । प्रधानमन्त्री के पी शर्मा अाेलीले मूलुक नयाँ चरणमा प्रबेश गरेकाे बताउनु भएकाे छ । जनगायक रामेश श्रेष्ठकाे एकल गायन कार्यक्रममा बाेल्दै प्रधानमन्त्री अाेलीले एकता र समृद्धिका लागि ब्यवहारिक प्रयास शुरू भएकाे बताउनु भएकाे हाे । उहाँले भन्नुभयाे, ‘फुट्याे भने कमजाेर हुन्छ जुट्याे भने बलशाली हुन्छ त्यस कुरालार्इ ब्यवहारमा अाज हामी सफल पारिरहेकाे छाैँ । हामी मिल्दै गएका छाैँ मिलाउँदै गएका छाैँ । अब देश नयाँ चरणमा प्रबेश गरेकाे छ ।

निर्दलीय ब्यवस्था र निरंकुशताकाे अत्य भएकाे लाेकतन्त्र बहाली भइसकेकाेले जनताले अधिकारकाे प्रत्याभूति दिन सरकार तत्पर रहेकाे उहाँकाे भनार्इ छ । जनताका अधिकारमाथि मजाक उडाउनेहरू, परिवर्तन चाहिन्छ भन्दा गाेली ठाेक्नेहरू, शासनमा थिए । अाज हामी संघीय लाेकतान्त्रिक गणतन्त्रमा छाैँ । सबैकाे याेगदान छ, प्रधानमन्त्री अाेलीले भन्नुभयाे । प्रधानमन्त्री अाेलीले देशकाे बिकास र समृद्धि नै चाहना भएकाेले समृद्ध नेपाल र सुखी नेपाली बनाएरै छाड्ने प्रतिबद्धता समेत दाेहाेर्याउनुभयाे ।

अब पेट पाल्नका लागि बिदेश जान बाध्य हुनुनपर्ने दाबी गर्नुभयाे । ‘अब जनताकाे सरकार छ अब काही भाेकै मन्दैन, मर्न दिँदैन याे सरकार, काेही कठ्याङ्ग्रिएर मर्नु पर्दैन’, उहाँले भन्नुभयाे ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments