काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई उपप्रधान तथा स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रीमा नियुक्त गरेकी छन् । यससँगै ओली सरकारमा दुईजना उपप्रधानमन्त्री हुने भएका छन् । रक्षामन्त्री ईश्वर पोखरेलको उपप्रधानमन्त्रीमा बढुवा भएको छ । यस्तै फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री बनेका छन् । दुबैले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका छन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई मन्त्री पदमा नियुक्त गरेकी हुन्। यसअघि ती दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले सम्हालेका थिए।

चौथो पटक विस्तार भएसँगै केपी ओली मन्त्रिपरिषद् २४ सदस्यीय भएको छ। फागुन ३ गते प्रधानमन्त्रीको शपथ लिएका ओलीले फागुन १४ र चैत २ गते सरकार विस्तार गरेका थिए। फोरमका लागि सहरी विकास र स्वास्थ्य मन्त्रालय खाली छाडिएको थियो। फोरम सरकारमा आएसँगै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई राज्यमन्त्रीकै जिम्मेवारी दिइएको छ भने सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटालाई मन्त्रीमा बढुवा गरिएको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments