एजेन्सी । विश्वकप फुटबलको लागि रुसले १२ वटा रंगशाला तयार पारेको छ। रुसले पहिलो पटक विश्वकप फुटबल आयोजना गर्न लागेको हो।

यहि जेठ ३१ देखि सुरु हुने विश्वकप फुटबल प्रतियोगिता सञ्चालनको लागि रुसले ११ सहरमा १२ रंगशाला तयार पारेको हो। राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा विश्वकपको उद्घाटन र समापन खेल गर्ने तयारी छ। यो विश्वकै महंगो रंगशालामा पर्छ।

८० हजार दर्शक क्षमताको यो रंगशाला सबैभन्दा धेरै दर्शक क्षमता भएको रंगशाला पनि हो। यो रंगशाला तयारीको लागि रसिया सरकारले चार सय मिलियन डलर अर्थात् ४२ अर्ब ८० करोड रुपैयाँ खर्च गरेको छ। रुसी राष्ट्रिय टिमले प्राय यही रंगशाला प्रयोग गर्दै आएका छन्।

त्यसैगरी काजान एरिना, इकाटेरिनबर्ग एरिना, फिस्ट ओलम्पिक, कालिनीगार्ड, स्पार्टक, समरा एरिना, रोस्टोभ एरिना, मोर्डिभिया एरिना, निम्जी नोभ्गोरोड, सेन्ट पिटर्सवर्ग र भोल्गोग्राड एरिना रंगशालामा विश्वकपका खेलहरु हुनेछन्।

प्रत्येक रंगशालामा कम्तिमा पनि ४ वटा खेल हुने गरी तालिका मिलाइएको छ। जुन १४ देखि जुलाई १५ सम्म सञ्चालन हुने विश्वकप फुटबलमा विश्वका ३२ राष्ट्रले भाग लिँदैछन्।

यी हुन् विश्व कपका खेल सञ्चालन हुने १२ रंगशालाहरु :

लुज्नीकी रंगशाला/मस्को

सिट क्षमता : ८० हजार
स्थापना : सन् १९५६

सेन्ट पिटरवर्ग रंगशाला / सेन्ट पिटरवर्ग

सिट क्षमता : ६७ हजार
स्थापना : सन् २०१७

फिस्ट रंगशाला / सोची

सिट क्षमता : ४८ हजार
स्थापना : सन् २०१३

एकातेरीनवर्ग एरिना / एकातेरीनवर्ग

सिट क्षमता : ४५ हजार
स्थापना : सन् १९५७

काजान एरिना / काजन

सिट क्षमता : ४५ हजार
स्थापना : सन् २०१३

न्हिज्नी नोभ्गोरोड रंशगशाला / न्हिज्नी नोभ्गोरोड

सिट क्षमता : ४५ हजार
स्थापना : सन् २०१८

रोस्तोभ एरिना / रोस्तोभ-अन-डन

सिट क्षमता : ४५ हजार
स्थापना : सन् २०१८

समारा एरिना / समारा

सिट क्षमता : ४५ हजार
स्थापना : सन् २०१८

मोरदोभिया एरिना / सरान्स्क

सिट क्षमता ४५ हजार
स्थापना सन् २०१८

भोल्गोग्राड रंगशाला / भोल्गोग्राड

सिट क्षमता : ४५ हजार
स्थापना : सन् २०१८

स्पार्टक रंगशाला / मस्को

सिट क्षमता : ४२ हजार
स्थापना : सन् २०१४

कालिनिन्ग्राड रंगशाला / कालिनिन्ग्राड

सिट क्षमता : ३५ हजार २ सय १२
स्थापना : सन् २०१८

Comments

comments