एजेन्सी । बलिउड अभिनेता रणबीर कपुर आफ्नो अभिनयले भन्दा व्यक्तिगत कारणले बढी चर्चामा आउने गरेका छन् ।

संजय दत्तको बायोपिक फिल्म संन्जुको ट्रेलरसंगै अहिले उनको चर्चा एकाएक चुलिएको छ । यसैबीच रणबीर पछिल्लो समय अभिनेत्री आलिया भट्टसंग नाम जोडिएर पुनः गसिपको बिषय बनेका छन् । एक अन्तरवार्ताको क्रममा रणबीरले सांकेतिक रुपमा आलियासँगको सम्बन्ध स्वीकारेको बताइएको छ ।

आलिया आफ्नो क्रस रहेको बताउदै उनले हाल आफूहरु डेटिङमा रहेको बताएका छन् । तर यो सम्बन्ध नयां नयां भएको कारण आफूहरुलाई केहि समय अरु चाहिने उनले प्रष्ट पारेका छन् ।

यस सम्बन्धलाई लिएर आलियाले पनि पहिल्यै सकारात्मक संकेत गरिसकेकी छिन् । हाल यो जोडि पहिलो पटक करण जोहारको फिल्म “ब्रम्हास्त्र” मार्फत पर्दामा देखिदैछन् । जसमा रणबीर कपुर,आलिया भट्टसंगै अमिताभ बच्चन, मोनी रायको पनि मुख्य भूमिका रहेको छ । ३ सिरिजमा रिलिज हुने “ब्रम्हास्त्र” को पहिलो सिरिज २०१९ अगष्ट १५ मा रिलिज हुदैछ ।

Comments

comments