निर्माता छबिराज ओझा र नायिका शिल्पा पोखरेलवीच  केहि समय अघि चलेको हल्ला अहिले सत्य साबित हुदै आएको छ । अभिनेत्री रेखा थापासंग अलग भएपछि एक्लो महसुस गरेका निर्माता ओझाले भित्रि मनको कुरा खोल्दै नायिका शिल्पाले बिहे गर्छु भने सवथोक छोडेर हामफाल्ने मनसाय व्यक्त गरेका छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम रजटपटमा बोल्दै छबि ओझाले यस्तो बताएका हुन् ।

यस बिषयमा शिल्पाको भनाइ पनि केहि सकारात्मक देखिन्छ । आफू अहिले बिबाह नगर्ने तर आफूलाइ पर्खन सके बिबाह हुन सक्ने संकेत उनले गरेकी छिन् । जे होस छबिराज ओझालाइ शिल्पाले हरियो झण्डा देखाइसकेकीछिन् । निर्माता छबिराज ओझाले नायिका शिल्पालाइ चलचित्र लज्जा बाट डेव्यू गराएका हुन् भने उनले हवल्दार सुन्तली र अव चाडै फ्लोरमा जाने चलचित्र लंका २ मा पनि शिल्पालाई  नै लिएका छन् ।

एक्लो जीवन बिताइरहेका छबिराज ओझाले शिल्पालाई बिबाह गरे पछि यो उनको चौथो बिबाह हुने छ । एक्लो भएका छबिले शिल्पालाई  पर्खिन सक्ने हुन या होइनन् , अथवा पर्खने सके भने छबिले शिल्पाको साथ कहिले पाउने हुन् यसै भन्न सक्ने अवस्था छैन ।

Comments

comments