मेलबर्न । अष्ट्रेलिया शैक्षिक गुणस्तर र विद्यार्थीहरुको लागि उपयुक्त वातवरणको हिसाबले विश्वमा उत्कृष्ट देश मध्येमा पर्छ । अष्ट्रेलियाका युनिभर्सिटीहरु विश्वका उत्कृष्ट युनिभर्सिटीको सुचीमा पर्ने गर्छन्। हालै सार्वजनिक भएको विश्वका उत्कृष्ट युनिभर्सिटीको सूचीमा युनिभर्सिटी अफ मेलबर्न ५७ औं स्थानमा पर्न सफल भएको छ। यो युनिभर्सिटी अष्ट्रेलियाको सर्वोत्कृष्ट युनिभर्सिटी हो । यो युनिभर्सिटी सन् १८५३ मा स्थापना भएको थियो ।

युनिभर्सिटी अफ मेलबर्नबाट ग्राजुएसन गर्न चाहनेहरुले यहाँ प्रोफेशनल कोर्स, रिसर्च संग सम्बन्धित २ सय ७० भन्दा बढी कोर्सबाट आफ्नो लागि उपयुक्त कोर्स छान्न सक्छन् । यहाँ पढाइ शुल्क कोर्स अनुसार फरक-फरक हुन्छ । कोर्स पढ्ने तथा रिसर्च दुवै थरि विदेशी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध हुन्छ । छात्रवृत्तिमा पनि विद्यार्थीको कोर्स, योजना आदिको आधारमा फरक-फरक हुन्छ।

यस युनिभर्सिटीमा पढ्ने विद्यार्थीहरुले अरु देशहरुमा पनि आफ्नो पढाइ तथा करियरलाई लैजान सक्छन् । यस युनिभर्सिटीमा पढ्न चाहने विदेशी विद्यार्थीले अष्ट्रेलिया वा जुनसुकै देशको युनिभर्सिटीमा पनि आफूले भर्ना हुन चाहेको युनिभर्सिटी भन्दा तल्लो तह राम्रो अंक ल्याएर पास गरेको तथा अंग्रेजी भाषामा दक्ष हुनुपर्छ ।

युनिभर्सिटी तथा यस यस युनिभर्सिटी अन्तर्गतका क्याम्पसहरुबारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस्

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments