अल्जेरियामा बन्धक बनाइएका एक फ्रान्सेली पर्यटकको घाँटी रेटी हत्या गरिएको पुष्टि भएको फ्रान्सेली रास्ट्रपतिको भनाईलाई उधृत गर्दै अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका  छन् | ती  कट्टरपन्थीहरू जुन्द अल खलिफासँग सम्बन्धित रहेका बताइएको छ |
जुन्द अल खलिफाको इराक र सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) सँग नजिक रहेको मानिन्छ ।
पछिल्लो पटक सार्वजनिक भिडियोमा फ्रान्सेली  पर्यटक हर्व गोर्डलको टाउको काटिरहेको दृश्य  देखाइएको छ। इस्लामिक स्टेट बिद्रोही बिरुद्द अमेरिकी नेतृत्वमा अघि बढेको कारवाही अभियानमा सघाउने प्रतिबद्धता जनाएको फ्रान्स माथिको सांकेतिक प्रहारको रुपमा यो घटनालाई लिएको छ |  फ्रान्सेली राष्ट्रपति ओलान्डले यसलाई कायरतापूर्ण कार्यको संज्ञा दिएका छन्।
यसैबीच पर्यटकको हत्या गर्ने संगठन जुन्द अल खरिफाले फ्रान्सलाई  तत्काल कारबाही बन्द गर्न माग गरेको छ।

Comments