मोरङ । विराटनगर महानगरपालिका ३ सिभिलमार्गमा सोमबार साँझ आगलागी हुँदा २५ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय जयराम सापकोटाको बाँसको कलात्मक दुई तल्ले कटेज जलेर नष्ट भएको हो ।

आगलागीबाट कटेज र कटेजभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कटेजभित्र ५ लाख बढीको महत्वपूर्ण पुस्तकहरु, फर्निचर, लत्ताकपडा लगायतको सामग्री जलेर नष्ट भएको पीडित सापकोटाले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

साँझ परेपछि बत्ती बाल्दा विद्युत सर्ट भएर आगलागी भएको उनले सुनाए । स्थानीयवासी, प्रहरी र दुई वटा बारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।

विराटनगरमा भइरहेको अव्यवस्थित सडक, ढल निर्माणले जताततै बाटो अवरुद्ध हुँदा समयमा बारुण यन्त्र नआएकोले घर र घरभित्र रहेको सामग्री बचाउन नसकेको बारुणयन्त्रका चालकहरुले गुनासो पोखे ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments