भूमिगत संगठन अखिल तराई मुक्ति मोर्चा पूथ्वी समूहले  बिहिबार  सरकारलाई आफ्ना हातहतियार बुझाएको छ |  मोर्चाले संबैधानिक राजनीतिक सम्बाद तथा सहमति  समितिले गठन गरेको बार्ता टोलिको रहोबरमा स्थानीय प्रशासनलाई हातहतियार बुझाएको हो | 

सशस्त्र भूमिगत मोर्चा सँग सरकारले ३ चरणको बार्ता गरेको थियो |  जनकरपुरमा साउन २४ र २५ गते सम्पन्न दोश्रो वार्तामा भएको सहमति अनुसार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न तेश्रो चरणको वार्तामा मोर्चा संयोजक महाराज यादवले प्रमुख जिल्ला अधिकारी हिमनाथ दबाडीलाई हतियार बुझाएका हुन । पूथ्वी समूहले बुझाएका हतियारहरूमा नलकटुवा बन्दुक १९ थान र त्यसमा प्रयोग हुने ४० राउण्ड गोली, १२ बोरका एकनाले बन्दुक र त्यसमा लाग्ने गोली १५ थान र सकेट बम ५१ थान  छन् |

बार्ता टोलि संयोजक आनन्द प्रसाद ढुंगानाका अनुसार  भूमिगतकालक मुद्दाहरु र मागका सम्बन्धमा कानुन बमोजिम मुलधारको राजिनितीमा आई शान्तिपूर्ण तवरले   छलफल गरि अघि बढ्ने सहमति भएको छ |

मधेस मुद्दाका पक्षाधर भन्दै विभिन्न मागहरु अगाडी तेर्स्याएर हतियार उठाई भूमिगत शैलीमा सर्वसधारणहरु बाट छन्द  अशुली, अपहरण, फिरौती अशुली,  र ज्यानै मार्ने सम्मका क्रियाकलापमा संलग्न  दर्जन भन्दा बढी संगठित समूह रहेको बताइन्छ | सरकारले विभिन्न चरणमा  सशस्त्र समूहसँग छलफल गर्दै आएको छ | परिणाम स्वरूप  त्यस्ता संगठित समूहरु पछिल्ला दिनहरुमा बार्ता पश्चात  हतियार बुझाइ राजनीतिको  शान्तिपूर्ण मुलधारमा आउन थालेका छन् |

Comments