काठमाडौं । आइसक्रिम जुनसुकै उमेरको व्यक्तिको पनि प्रिय खानेकुरामा पर्छ । बच्चाहरुले अझ मन पराउने यो आइसक्रिमलाई आँपको फ्लेवरमा यसरी घरमै सजिलोसंग बनाउन सकिन्छ । यो विधिमा आइक्रिम मेसिन समेत प्रयोग गरिएको छैन ।

सामग्री: 
क्रिम वा बाक्लो दही
दुधमा चिनी र बेकिंग पाउडर मिसाएर त्यसलाई केहि बेर तताएर बाक्लो बनिसकेपछिको दुध ( कंडेन्स्ड मिल्क )
आँप

विधि :
राम्रोसंग पाकेको आँपलाई काटेर मिक्सरमा पानी नहाली लेदो बनाउने ।
एउटा भाँडोमा क्रिम वा बाक्लो दही, कंडेन्स्ड मिल्क र आँपको लेदो राख्ने ।
त्यसलाई मिलाएर सबैतिर बराबर बनाएर राख्नुपर्छ ।
त्यसपछि त्यसमाथी आँपको थोरै लेदो राख्ने
अब यो मिक्सलाई कम्तीमा ६ घन्टा फ्रिजमा राखेपछि आइसक्रिम तयार हुन्छ ।

विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस् :

Comments

comments