काठमाडौं । सरकारले मलेसिया जाने नेपाली कामदारसँग लिइने अतिरिक्त शुल्क हटाउने प्रयास थालेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्यसको लागि नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत अहमद फेडिल इस्मेल मार्फत पहल गर्नृुभएको छ । मन्त्री ज्ञवालीले सोमबार कार्यबाहक राजदूत इस्मेल त्यस बारेमा छलफल गर्नुभएको छ ।

मलेसिया जाने कामदारबाट बायोमेट्रिक, भिएलएन, ओएससी, जिएससी र माइग्रामका नाममा लिइँदै आएको अतिरिक्त शुल्क खारेज गर्ने सरकारको निर्णयपछि कामदार र व्यवसायीमा अन्योल देखिएका बेला मन्त्री ज्ञवालीले त्यस्ता शुल्क तत्काल हटाउन आग्रह गर्नुभएको हो । नेपाली कामदारले करिब १८ हजार रुपैयाँ अतिरिक्र शुल्क तिर्दै आएका छन् ।

मन्त्री ज्ञवालीले नेपाल सरकारले निःशुल्क प्रवेशाज्ञा र निःशुल्क टिकटमा कामदार पठाउनु पर्ने भएता पनि मलेसियामा जाने कामदारमाथि शुल्क लादिएको छ । नेपाल र मलेसियाबीच श्रम सम्झौता गरेर यस समस्याको समाधान गर्न पनि भेटमा कुराकानी भएको मन्त्रालयका सहसचिव भृगु ढुंगानाले जानकारी दिनुभयो ।

कार्यबाहक राजदूत इस्मेलले मलेसियाले अन्य मुलुकबाट कामदार ल्याउँदा त्यही प्रकारको प्रक्रिया भएको अवगत गराउँदै आफ्नो मुलुकमा नयाँ सरकार आएकाले त्यहाँ सन्देश पु¥याउने बताउनुभएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारमाथि लिइएको त्यस्तो शुल्क खारेज गर्न परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्न अनुरोध गरेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments