काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल इ–सेवाको १ वर्षका लागि ब्राण्ड एम्बेस्डर बनेका छन् ।

आज काठमाडौमा आयोजित कार्यक्रममा इसेवाको मूल संस्था एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार ब्राण्ड एम्बेस्डर बनेका मल्लले आफनो खेल्ने ब्याटमा इसेवाको लोगो राख्नेछन ।

सम्झौतापछि बोल्दै उपकप्तान मल्लले खेल तथा खेलाडीको विकासमा कर्पोरेट क्षेत्रको महत्वपूर्ण भुमिका हुने बताए । इसेवासँग जोडिन पाउँदा आफूलाई थप हौसला मिलेको क्रिकेटर मल्लको भनाई छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments