मेलबर्न । साउथ अष्ट्रेलियाले स्टेट नोमिनेशनद्वारा पीआर लिन चाहने विद्यार्थीहरुका लागि नयाँ नियम ल्याएको छ । यो नियम साउथ अष्ट्रेलियामा ग्राजुएट हुने विद्यार्थीहरुका लागि लागु हुनेछ ।

साउथ अष्ट्रेलियामा ग्राजुएसन गरेर पीआरको लागि आवेदन दिने विद्यार्थीले अब कामको अनुभव बुझाउनुपर्नेछ । यो नियम अनुसार, पीआरको लागि आवेदन दिंदा विद्यार्थीले आफ्नो पढाइ सकेर कम्तिमा तीन महिना अगाडी देखि काम गरेको हुनुपर्नेछ । र, त्यो कामको अनुभव दक्ष पेशाको सूचीमा रहेको काममा हुनुपर्नेछ ।

यो नियम २८ मे २०१८ देखि यता आवेदन दिनेहरुमा लागु हुने बताइएको छ ।

त्यस्तै, अबदेखि चेन माइग्रेसन पाथवेको लागि साउथ अष्ट्रेलियामा रहेको परिवारको सदस्य अष्ट्रेलियन नागरिक, पीआरभएको वा स्किल्ड रिजनल प्रोभिजनल ४८९ भिसा भएको हुनुपर्नेछ । यो नियम आगामी जुलाई १ देखि लागु हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments