काठमाडौं । गायक शिव परियार सवारी दुर्घटनामा परेका छन् ।

सामाखुसी बसुन्धारा क्षेत्रमा परियार अर्का गायक कर्णराज गिरीसहित मोटरसाइकल दुर्घटनामा परेका हुन् । ना ८० प ९९९८ नम्बरको बाइमा सवार परियार र गिरीलाई सोही दिशाबाट आइरहेको बा ७८ प ८५११ नम्बरको एफ जेड बाइकले ठक्कर दिँदा घाइते भएका हुन् । परियारको दाहिने खुट्टामा चोट लागेको छ ।

उनको ग्रांडी अस्पतालमा उपचारमा भइरहेको छ भने अर्का गायक गिरी सामान्य उपचारपछि घर फर्किएका छन् ।

परियारले एक स्टाटस सार्वजनिक गर्दै आफू खतरामुक्त भएको बताएका छन् ।

Comments

comments