काठमाडौं । सरकारका सय दिनमा महंगी र मूल्यबृद्धि बढेको भन्ने प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बाल्यकालको घटना सम्झिाएका छन् ।

‘उहिले म सानो हुदा ५० पैसा माना घ्यु ९० रुपैया तोला सुन थियो । अहिले त्यो भाउँ निकै बढि सक्यो । तीन महिनाको हिसाव गर्नु भएछ साथीहरुले’ ओलीले भने, ‘ मूल्यबृद्धि स्वभाविक हो । अनुचित मात्रामा शोषण हुने ढंगले, अनुचित मूल्यबृद्धि तर्फ सरकारले ध्यान दिन्छ ।’

त्यसअघि कांग्रेस सांसद भरतकुमार शाहले ओली सरकारको सय दिनमा मूल्यबृद्धि बढेको प्रति प्रधानमन्त्री ओलीको जवाफ मागेका थिए ।

जवाफका क्रममा ओलीले कृतिम ढंगले भाउ बढाउँने नाफा खोरी जस्ता कुराहरु सरकारले स्वीकार नगर्ने बताए ।

Comments

comments