इन्टरनेट दुनियाँमा चमत्कारिक फड्को मार्दै गरेको सामाजिक सन्जाल फेसबुकले आकाशमा महिनौ सम्म उड्न सक्ने बोइंग ७४७ बराबर आकारको  ड्रोन उडाउने भएको छ | संसारलाई जोड्ने फेसबुक  प्रयोगशाला निर्माण गर्ने महत्वकांक्षी योजना अनुरुप ड्रोन् विकाशको अवधारणा अगाडी ल्याइएको फेसबुकका संस्थापक मार्क जुकर्बर्गले बताएका छन् |

संसारका २ तिहाइ जनसंख्या जो अहिले सम्म फेसबुकको प्रयोग गर्दैनन् उनीहरुको पहुँचमा पुर्यांउने यो पछिल्लो कसरत भएको कम्पनीको दावी छ | फेसबुकले भनेको छ ” यो नयाँ योजनाले थप १४० मिलियन मानिसहरुक निम्ति रोजगार सिर्जना हुनेछ | फलस्वरुप संसारका १६० मिलियन जनसंख्यामा गरिबी र बालमृत्युदर घट्ने छ |”

फेसबुकको महत्वकांक्षी योजना अन्तर्गतका  प्रयोगशाला इन्जिनियर निर्देशक यइल म्यागुरले न्युयोर्कमा आयोजित सोसियल गुड समिटमा ड्रोन् योजना सार्वजनिक गरेका हुन् | फेसबुकले “ड्रोन् ” नै  उडाउने  भनेनन्  तर अहिले सम्म नामकरण भइ नसकेको बिशाल एअरक्राफ्ट जो ब्यबसायिक ७४७ बिमान आकारको हुने छ | विशिष्ट प्रविधियुक्त यो एयरक्राफ्ट सोर्य उर्जाबाट चल्नेछ , तौलमा हलुका र महिनौं वा बर्ष भरिनै आकाशमा उडिरहने क्षमतको हुनेछ |

म्यागुरले यो पनि खुलाशा गरेका छन् ” फेसबुक बिमान अन्य ब्यबसायिक बिमान उड्ने सतह भन्दा निकै माथि उड्नेछ , जहाँ परिवर्तित मौसमको समेत कुनै असर पर्ने छैन | बिमान वाइफाई प्रविधिमा सन्चालनमा रहनेछ |  “

अहिले सम्म उडान अनुमति नपाएको यसखालको नामकरण नै हुननसकेको एयरक्राफ्ट परिक्षन् उडान आगामी बर्ष गर्न सकिने देखिए पनि अनुमतिका निम्ति अनेक प्रश्न र झन्झटबेहोर्नुपर्ने हुनसक्छ , म्यागुरले भनेका छन् |

ड्रोनको प्रयोग गर्ने फेसबुक पहिलो कम्पनि भने होइन | गुगलले यस किसिमको ड्रोन परिक्षण एक बर्ष अघि देखिनै गरेको हो साथै  एमेजोन को  “अक्टोकप्टर”  अनि केहि दिन अघि मात्रै जर्मनीमा परिक्षण उडान सुरु गरेको डीएचएलको “पार्सलकप्टर” पछिल्ला उदाहरण हुन् जसले ड्रोनको उपयोगितामा नयाँ आयाम थप्ने कोशिस गरिरहेका छन् | ( Source: BBC)

Comments

comments