काठमाडौं । दुग्ध विकास संस्थान डीडीसीका कर्मचारी नै दूधमा तर मारेर करोडौं रुपैयाँ घोटाला गर्ने गरेको खुलासा संस्थानका अध्यक्ष स्वयंले गरेका छन्।

संस्थानले बजारमा ल्याएको डीडीसी ब्रान्डको दूधमा ३ प्रतिशत फ्याट हुनुपर्नेमा दुई दशमलव आठ प्रतिशत मात्र रहेको पाइएपछि संस्थानका अध्यक्ष रघु गौतमले यस्तो अभिव्यक्ति दिँदै घोटाला हुने गरेको खुलासा गरेका हुन्।अन्नपूर्ण पोस्टमा खबर छ ।

‘दूधमा तरको परिमाण २।८ भेटियो। यो तोकिएको मापदण्डभन्दा कम हो, यो ठगी हो नै,’ अध्यक्ष गौतमले स्विकारे, ‘डीडीसीको दूधमा एक लाइनदेखि १० लाइनसम्म तर मार्ने चलनै छ। लाइन मारेको तरबाट घिउ बनाएर बाहिरी बजारमा गुपचुप बिक्री हुने गरेको पाइयो।’

वर्षौंदेखि यसरी करोडौं रुपैयाँ घोटाला भइरहे पनि सरोकारवाला निकायले गम्भीर छानबिन गर्न सकेको छैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments