मेलबर्न । अष्ट्रेलियाको सिड्नीस्थित नर्थ क्रोनोला बिचमा बुधबार विहान भेटिएको शव नेपाली युवतीको भएको पुष्टि भएको छ ।

सिड्नी प्रहरीले गरेको अनुसन्धानपछि मृतक २६ वर्षिय नेपाली युवती रहेको खुलेको हो । तर उनको मृत्युको कारणबारे भने अझै केही नखुलेको प्रहरीले जनाएको छ । सिड्नी प्रहरीले शव भेटिँदा महिलाले पूरै लुगा लगाएको अवस्थामा भेटिएको थियो । उनको मृत्युका विषयमा कुनै शंकास्पद जानकारी नदेखिएको प्रहरीले जनाएको छ । मृतक महिलाको गतिविधिका बारेमा अनुसन्धान केन्द्रित गरिएको छ । उनी आफैं समुद्रमा गएकी थिइन् अथवा दुर्घटनावश यस्तो हुन गएको हो भन्ने बारेमा त्यहाँ नजिकै रहेका सीसीटिभी क्यामेराहरुबाट रेकर्डिंङ लिएर प्रहरीलेअनुसन्धान अघि बढाएको हो ।

यस्तै उनका नजिकका व्यक्तिहरुसँग पनि घटनाअघिको उनको स्थितिका बारेमा प्रहरीले सोधपुछ गरिरहेको छ ।

Comments

comments