काठमाडौं । बलिवुड कमेडी चलचित्र ‘हेराफेरी’ को तेस्रो शृंखला बन्ने पक्का भएको छ। तेस्रो शृंखलामा पनि अक्षय कुमार, सुनिल शेट्टी तथा परेश रावलले अभिनय गर्ने बताइएको छ ।

मुम्बई मिररले यस फिल्मको सुटिङ डिसेम्बर र फेब्रुवरीको बिचमा गरिने समाचार प्रकाशन गरेको छ । उक्त समाचार अनुसार, निर्माण पक्षले फिल्मलाई अर्को वर्षको मध्यसम्म रिलिज गर्ने योजना बनाएको बताएको छ ।

फिल्मलाई ‘धमाल’ सिरिजका निर्देशक इन्दर कुमारले निर्देशन गर्नेछन्। बुधबार उनले फिल्म निर्देशन गर्न लागेको ट्वीटसमेत गरेका छन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments