मेलबर्न। चार्ल्स डार्विन युनिभर्सिटी अष्ट्रेलियाका राम्रा युनिभर्सिटी मध्येको एक हो । यो युनिभर्सिटी सन् २००३ मा स्थापना भएको थियो । चार्ल्स डार्विन युनिभर्सिटीले ओपन युनिभर्सिटीको लाग डिग्री समेत प्रदान गर्छ ।

चार्ल्स डार्विन युनिभर्सिटी अन्तर्गत २४ हजार भन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् र त्यसमध्ये २ हजार भन्दा बढी विदेशी विद्यार्थीहरु छन्। चार्ल्स डार्विन युनिभर्सिटीले विदेशी विद्यार्थीलाई अष्ट्रेलिया सरकारले दिने छात्रवृत्ति, इन्टरनेशनल रिसर्च छात्रवृत्ति लगायतका छात्रवृत्ति प्रदान गर्ने गर्छ।

 
 
 
 
 
 
 

चार्ल्स डार्विन युनिभर्सिटीमा पढ्ने विद्यार्थीहरुको वार्षिक शुल्क कोर्स अनुसार २० हजार डलर देखि २६ हजार डलर सम्म रहेको छ । यस युनिभर्सिटीमा फेब्रुअरी र जुलाई महिनामा नयाँ सेसनको कक्षा संचालन हुने गर्छ।

साइकोलोजी, नर्सिङ्ग, इञ्जिनियरिङ्ग, अकाउन्टिंग, आइ.टि, काउन्सिलिङ्ग लगायत कोर्स उपलब्ध भएको यस युनिभर्सिटीका  कलेज  :

Casuarina Campus, Darwin

Waterfront Campus, Darwin

Palmerston Campus

Alice Springs Campus

Sydney Campus

Melbourne Campus

चार्ल्स डार्विन युनिभर्सिटीमा पढाइ हुने कोर्स र लाग्ने शुल्कको बारेमा विस्तृत जानकारी लिनको लागि यहाँ क्लिक गर्नुहोस्

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments