मेलबर्न। अष्ट्रेलीयामा बसाईसराई गर्ने नेपालीहरुको संख्या बढिरहेको छ। त्यही अनुरुप घरजग्गा कारोबार सम्बन्धि काम गर्ने कम्पनीहरुको संख्या पनि बढिरहेको छ। यी कम्पनीहरु मध्ये क्यापकोन होम लोन्स पनि एक हो ।

क्यापकन होम लोन्सअष्ट्रेलियाको मेलबर्नमा विशेष गरि नेपालीहरुलाई घरजग्गा किनबेचमा सघाउ पुर्याउने उद्देश्यले संचालनमा आएको कम्पनी हो । यस कम्पनीले हालसम्म १ हजार भन्दा बढी सेवाग्रहीलाई सेवा दिइसकेको छ।

कम्पनीको काम र उद्देश्यलाई प्रष्ट पार्दै यसका संचालक प्रकाश आचार्य भन्नुहुन्छ , ” हामी नेपालीहरुलाई झन्झटिलो तरिकाबाट मुक्त गराउंदै छिटो र सजिलो प्रक्रियाबाट काम गर्छौं । त्यस्तै, घरजग्गा किनबेच पछि कुनै पनि किसिमको अप्ठ्यारो परिस्थिति नआओस् भन्नका लागि उक्त घरजग्गा संग सम्बन्धित सबै व्यक्ति तथा संस्थासंग समन्वय गर्छौं ” ।

यस कम्पनीद्वारा दिइने सेवा नि:शुल्क हुने समेत आचार्य बताउनुहुन्छ । यो कम्पनी 95 Bell Street Coburg मा रहेको छ ।

 

 

 

 

 

 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments