इस्लामावाद । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा तातो हावाको कारण ६५ जनाकाे मृत्यु भएको छ ।

तातो हावाले जीवन गुमाउनेमा ६ वर्षका बालबालिकादेखि ७८ वर्षका वृद्धवृद्धासम्म छन्।

कराँचीमा तीन दिनयता तापक्रम ४४ डिग्री सेल्सियस पुगेको छ । मौसम विज्ञान विभागले तापक्रम अझै बढेर एक सातामा ४४ डिग्रीसम्म पुग्न सक्ने अनुमान गरेको छ ।

कराँचीको कोराङ्गी र सोहराब गोथ क्षेत्रमा केदिनयता १ सय १४ जनाको मृत्यु भएको र त्यसमध्ये ६५ ले तातो हावाको जीवन गुमाएको अधिकारीहरुले जनाएका छन् ।

इदही फाउडेन्सनका प्रमुख फैसल इदहीले दिएको जानकारी अनुसार त्यस क्षेत्रमा अहिले पनि तातो हावा चलेको छ । त्यसबाट जनजीवन प्रभावित भएको छ । दक्षिणी प्रान्त सिन्धमा सन् २०१५ मा तातो हावाबाट १ हजार २ सय जनाको मृत्यु भएको थियो । सिन्ह्वा

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments