काठमाडौं । दक्षिण भारतको केरेलामा निपा भाइरसका कारण ९ जनाको मृत्यु भएको स्वास्थ्यकर्मीले पुष्टि गरेका छन् ।

निपा भाइरसका कारण मृत्यु भएकामध्ये तीन जनामा भाइरस पोजिटिभ देखिएको र अन्य ६ जनाको भने अझै नमूना परिक्षणको नतिजा आउन बाँकी रहेको बताइएको छ । भारतको कोजिकोडेमा पनि निपा संक्रमणको लक्षण देखिएका २५ जनालाई अस्पतालमा भर्ना गराइएको भारतीय अधिकारीलाई उदृत गर्दै विविसीले जनाएको छ ।

जनावरबाट मान्छेमा सर्ने र मृत्यृको सम्भावना पनि ७० प्रतिशत रहेको बताइने निपा भाइरसलाई विस्व स्वास्थ्य संगठनले १० खतरनाक भाइरसको श्रेणीमा राखेको छ ।

केरेलाका स्वास्थ्य सचिव राजिव सदानन्दनले बिबिसिमा गरेको कुराकानी अनुसार निपा भाइरसको आशंका गरिएका एक विरामीको उपचार गरिरहेकी एक नर्सको पनि मृत्यु भएको छ । नेशनल इन्स्टिट्युट अफ भाइरोलोजीका अनुसार शंकासपद बिरामीहरुको रगत जाँचका लागी पठाइएको छ ।

चमेरो, सुङगुर जस्ता पशुपन्छीबाट मान्छेमा सर्ने निपा भाइरसको लक्षणमा टाउको दुख्नु , जोरो आउनु , स्वासप्रस्वासमा समस्या हुनु र मानसिक सन्तुलन हराउँदै जानु लगायतका रहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments