काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४ः बजे संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन मार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार संघीय संसद्मा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्न अपराह्न ४ बजे संसद् बैठक बोलाइएको छ । राष्ट्रपतिको स्वागत र सवारी व्यवस्थित गर्न सचिवालयले आइतबार पूर्वअभ्यास गरेको थियो ।

कार्यक्रमका लागि उपराष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, उच्च सरकारी अधिकारी, संवैधानिक आयोगका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं कूटनीतिक नियोगका प्रमुखलाई समेत निम्तो दिइएको संसद सचिवालयले जनाएको छ ।

संयुक्त बैठकपछि राष्ट्रिय सभा र प्रतिनिधिसभाको छुट्टाछुट्टै बैठकले राष्ट्रपतिको सम्बोधनप्रति धन्यवाद दिने कार्यसूची छ । नीति तथा कार्यक्रममाथि छलफलका लागि तीन दिन छुट्टयाइएको सचिवालयले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments