काठमाडौ । अघिल्लाे महिना भारत भ्रमण गर्नुभएका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीले यही महिना चीन भ्रमण गर्ने याेजना बनाउनु भएकाे छ ।

प्रधानमन्त्री अाेलीले शनिबार नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा आफनो चीन भ्रमणको तयारी भइरहेकाे जानकारी दिनुभयाे ।
बैठकमा उहाँले भारत र चीनसँग सन्तुलित सम्बन्धमा राखिने बताउँदै, सम्बन्ध बिस्तारको लागि यही महिना चीन जाने जानकारी दिनुभयाे ।राजधानी दैनिकमा छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओबादी केन्द्रको एकीकरण बनेको नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको पहिलो बैठकमा उहाँले भने, समृद्धिको यात्राको लागि असल छिमेकी बनाउने सरकारकाे नीति छ ।

यसैबीच ओलीले कम्युनिस्ट पार्टीहरु मिल्दा कागेस झस्किनु पर्ने कुनै कारण नभएको टिप्पणी गर्नुभयाे ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments