काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र बीच एकता भएको खुशियालीमा देशका विभिन्न भागमा दीपावली मनाइएको छ ।

पाल्पामा दुवै पार्टीका नेता कार्यकर्ता शुभचिन्तकले रामपुरको बेझाँडबजारमा बिहीबार साँझ दीपावली मनाए । २५ औ मदन—आश्रित स्मृति दिवसको अवसर पारेर दुवै पार्टीको एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी गठन भएको घोषणापछि रामपुरमा पार्टी एकीकरणको खुशियालीमा बेझाँड बजार चोक र बेझाँडमा रहेको एमाले तथा माओवादी केन्द्रको पाटी कार्यालय र मदन—आश्रित प्रतिष्ठान स्मृति भवनमा सामूहिक दीपावली मनाइयो ।

बेझाँड बजार चोकमा कोणसभासहित भएको दीपावलीमा पाल्पा क्षेत्र नम्बर १ प्रदेश क प्रदेशसभा सदस्य युवराज खनालले पार्टी एकता कम्युनिष्ट पार्टी एक हुनु राष्ट्र र समृद्धिका लागि राम्रो भएको बताउँदै पार्टी एकताले मुलुकमा राजनीतिक स्थायित्व ल्याउनेमा आफू ढुक्क भएको बताउनुभयो ।

दीपावली कोणसभामा कम्युनिष्ट नेता जनकराज ढकालले पार्टी एकताले राष्ट्रवादी र नेता कार्यकर्तामा उत्साह थपेको बताउँदै एकतालाई बलियो बनाउन सानातिना कुरामा अल्मलिन नहुने विचार व्यक्त गर्नुभएको छ ।

म्याग्दीमा एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले खुशियालीमा मनाएका छन् । एकताको खुशीयालीमा सदरमुकाम बेनीमा बिहीबार राति दीप प्रज्वलन गरिएको छ ।

स्वागत कार्यक्रममा प्रदेश सांसद विनोद केसी, नेकपाका जिल्ला नेता बालकृष्ण सुवेदी, शेरबहादुर केसीलगायतले सम्बोधन गर्नुभएको थियो । त्यस्तै, एकताको खुशियालीमा बेनीबजारमा नेकपा समर्थितले घरघरमा दीपावलीसमेत गरेका छन् ।

कञ्चनपुरमा पनि पार्टी एकताको अवसरमा विहीबार राति अबेरसम्म कञ्चनपुरमा विघटित दुवै पार्टीका नेता तथा कार्यकर्ताले आतिशबाजी र दीप प्रज्वलन गरी संयुक्तरुपमा खुशियाली साटासाट गरेका छन् ।

जिल्लाको बेलौरी, झलारी, पुनर्वास र महेन्द्रनगर बजार क्षेत्रमा दुवै विघटित पार्टीका नेता तथा कार्यकर्ताले सडकमै कम्युनिष्ट पार्टीको झण्डा बनाई दीपप्रज्वलन गरेका हुन् । अबीर दलेर एक अर्कामा खुशियाली साटासाट गरिएको विघटित एमाले कञ्चनपुरका उपसचिव रणबहादुर महराले बताउनुभयो ।

देशकै इतिहासमा ठूलो पार्टीका रुपमा आएका छौं उहाँले भन्नुभयो, ‘देश समृद्धि र विकासको बाटोमा अगाडि बढ्ने अवसर आएको छ ।’ अर्का नेता टेकबहादुर हमालले भन्नुभयो, ‘देशमै पहिलो पटक दुई ठूला पार्टीबीच एकता भएकाले जनताले ठूलो आशा गरेका छन् अब त्यो पूरा हुन्छ ।’

महेन्द्रनगर बजार क्षेत्रमा पार्टी एकीकरणको अवसरमा दीप प्रज्वलन गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments