काठमाडाैँ । जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी ३३ वर्षपछि पक्राउ परेका छन्। २०४२ जेठ ९ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा ७ वर्ष सजाय तोकी फरार रहेका मकवानपुरगढी गाउँपालिका–८, फिर्केपाखाका रामशरण थापा पक्राउ परेका हुन्।

निरन्तर खोजतलास गर्ने क्रममा उनी चौघडामा सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ। हेटौडाबाट लेखिएको यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ।

थापालाई अदालतमा पेस गरी सजाय भुक्तानका लागि कारागार कार्यालय भीमफेदी पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुुरका प्रवक्ता प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments