काठमाडाैँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। याे सँगै नेकपा एमाले र माअाेवदी केन्द्र बिघटन भएकाे छ ।

एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकपछि नेताहरु नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए।

निर्वाचन आयोगमा ‘नेपाल कम्युनिष्ट पार्टी’ यसअघि नै दर्ता रहेको हुँदा एकीकृत पार्टीका नेताहरुले त्यही नाम ‘नेपाल कम्युनिष्ट पार्टी’लाई अण्डरलाइन गरेर निवेदन दिइएकाे नेता सुवास नेम्वाङले जानकारीद दिनुभयाे ।

निर्वाचन आयोगमा एउटै नामका दुई दल दर्ता गर्न नपाइने भएको हुँदा आफूहरुले नाममा अन्डरलाईन गरेको उहाँले बताउनुभयाे । नामका कारणा कुनै कठिनाइ नहुने समेत नेता नेम्वाङले दाबी गर्नुभयाे ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments