काठमाडौं । नेकपा एमाले र माअाेवादी केन्द्रबीच अाैपचारिक एकता भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न संयुक्त बैठकपछि एकीकृत नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले सामुहिक सपथ लिएका छन् । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकाअर्कालाई सपथ गराएका थिए ।

अाजै निर्वाचन अायाेगमा पार्टी दर्ता गर्न सुवास नेम्वाङ र देब गुरूङ जाँदै गरेकाे एक नेताले जनता समाचारलार्इ जानकारी दिए । निर्वाचन आयोगबाट फर्केर राष्ट्रियसभा गृहमा एकता घोषणासभा हुँदैछ । यसका लागि सभागृहमा तयारी पूरा भएको छ ।

एमाले–माओवादी केन्द्रबीचको एकता पछिको एकीकृत पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति र ४५ सदस्यीय स्थायी समिति रहने भएको छ । स्थायी समितिमा एमालेका तर्फबाट २६ र माओवादी केन्द्रका तर्फबाट १९ नेताहरु रहने छन् ।

बालुवाटार बैठकले एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सार्ने निर्णय भएको बताइएकाे छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments