काठमाडौं । एमाले र माअाेवादी केन्द्रले पार्टी एकताकाे घाेषणा गर्न लागेका बेला डा नयाँ शक्ति पार्टीका संयाेजक डा बाबुराम भट्टरार्इले प्रचण्डलार्इ गम्भीर प्रश्न गरेका छन् । संयाेजक भट्टरार्इले सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रचण्डले जनयुद्ध प्रति पश्चाताप गर्दै मदन भणडारीकाे पथ स्वीकार गरेकाे हाे भनि प्रश्न गरेका हुन् ।

उनले लेखेका छन्, नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको२५ औं स्मृतिदिवसमा हार्दिक श्रद्धासुमन!आजैका दिन एमाले-माके विलयको घोषणाको कुनै संकेतिक अर्थ?प्रचण्डले जबजको विरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै ‘मदनपथ’ अंगीकार गरेको स्वीकारोक्ति हो?प्रष्ट पारियोस् !

बिहिबार नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीकाे स्मृतिमा बल्खुमा अायाेजित स्मृति सभामा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगाएतका नेताहरू पनि सहभागि भएका थिए । साेही कार्यक्रमबाट एमाले अध्यक्ष के पी अाेलीले अाजै पार्टी एकताकाे घाेषाणा गरेका थिए । त्यस लगत्तै डा भट्टरार्इले प्रचण्डलार्इ लक्षित उक्त ट्वीट गरेका हुन् ।

संयाेजक भट्टरार्इले चण्डले जबजको विरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै ‘मदनपथ’ अंगीकार गरेको स्वीकारोक्ति हो ? भन्ने प्रश्न गर्दै त्यसबारेमा प्रष्ट पार्न समेत उनले अाग्रह गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments