काठमाडाै । सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि लगाइएको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया जाने नेपाली कामदारमाथि अवैधानिक रुपमा लिने गरिएको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय गरिएको जानकारी दिनुभयाे। विहिबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उहाँले अतिरिक्त शुल्क नलिने सरकारको निर्णय कार्यान्वयनका लागि मलेसिया सरकारलाई अनुरोध गर्न परराष्ट्र मन्त्रालयमार्फत् कूटनीतिक पहल गर्ने प्रक्रिया अघि बढाइएको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री विष्टले सरकारको यो निर्णय कार्यान्वयन गर्न, गराउन पनि मातहतका निकायलाई सचेत गराउनु भयो । मलेसिया जाने नेपाली कामदारमाथि भिसाबाहेकको शुल्क लगाइए सम्बन्धित निकायलाई कडा कार्वाही गर्ने मन्त्री विष्टको योजना छ ।

त्यसैगरी सरकारले एक पक्षीय रुपमा ३९ वटा स्वास्थ्य संस्थाहरुबाट मात्रै स्वास्थ्य परिक्षण गराउने प्रावधान हटाउने निर्णय पनि गरेको छ । स्वास्थ्य मन्त्रालयबाट मान्यता प्राप्त र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचिकृत भएका स्वास्थ्य संस्थाहरुबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुको स्वास्थ्य परिक्षण गराउने व्यवस्था पनि लागू गरिएको मन्त्री विष्टले जानकारी दिनुभयो । यस व्यवस्थाले स्वास्थ्य परिक्षणमा लगाइएको सिन्डीकेटको अन्त्य हुने सरकारले स्पष्ट पारेको छ ।

मन्त्री विष्टले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन आवश्यक सबै खालको नीतिगत, संरचनागत निर्णय लिन प्रतिवद्ध रहेको पनि स्मरण गराउनुभयो । उहाँले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि अन्याय हुन नदिने पनि बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments