मेलबर्न । अष्ट्रेलियाको सिटिजनसिप (नगारिकता) को लागि सरकारले कडाइ गर्दै आएको छ । नागरिकताको लागि परिक्षा लिने गरिन्छ, जसमा अष्ट्रेलिया सम्बन्धि प्रश्नहरु सोधिएका हुन्छन्।

बेलायतबाट अष्ट्रेलिया बसाइ सराई गरेकी एक महिलाले सिटिजनसिप टेस्टमा बस्दा, प्रश्नमै गल्ती भेटाएकी छिन् । ती महिलाले अष्ट्रेलियाको जनसंख्या सम्बन्धि प्रश्नमा गल्ती भेटेको एसबिएस न्युजले जनाएको छ ।

ती महिलाले एसबिएस न्युज संग यस बारेमा कुरा गर्दै भनेकी छिन् , ” अष्ट्रेलियाको हालको जनसंख्या २४ मिलियन छ । तर प्रश्नमा दिइएका विकल्पमा २४ मिलियन राखिएको नै छैन ” ।

ती महिलाका अनुसार, अष्ट्रेलियाको सिटिजनसिप टेस्ट तयारिको लागि सहयोगी पुस्तकमा समेत अष्ट्रेलियाको जनसंख्या २४ मिलियन भनेर राखिएको छ । तर प्रश्नको उत्तर छान्ने विकल्पमा भने १८ मिलियन, २२ मिलियन र ३० मिलियन भनेर राखिएको छ ।

ती महिलाले विकल्प देखेपछि आफूले तत्कालै प्रश्न गल्ती भएको बताएको, तर एक्जामिनरले सही उत्तर २२ मिलियन भनेको बताएकी छिन् । उनले प्रश्न गरेकी छिन् , ” यही एउटा प्रश्न गलत भएका कारण, कति फेल भए होलान् ?” जुलाई २०१७ देखि अप्रिल २०१८ सम्ममा सिटिजनसिप टेस्टमा सहभागी भएका मध्ये ५.५ प्रतिशत एक पोइन्टले गर्दा फेल भएका छन् ।

अष्ट्रेलियाको जनसंख्या २००९ मा २२ मिलियन थियो भने २०१६ मा २४ मिलियन पुगेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments