काठमाडौ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी ओलीले माओवादी केन्द्रको एकतासँगै मुलुकमा नयाँ युग शुरु भएको बताउनु भएको छ ।

‘मुलुक यााँ सोचका साथ नयाँ युगमा प्रवेश गरेको छ’ २५ औं मदन आश्रित स्मृति दिवसको अवसरमा बिहिबार बिहान बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो । ‘राजनीतिमा यो सोच ल्याउनु जननेता मदन भण्डारीले ल्याउनु भएको हो, उहाँले पहिला यसो गोरेटो मात्र देखाउनु भयो, त्यो गोरेटाे अहिले फराकिलो बनिसकेको छ । झन् भन्दा झन् फराकिलो हुँदै गएको छ । उहाँले देखाएको सोच साकार पार्ने दायित्व हामीमा छ ।’

प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलनमा नेता जीवराज आश्रितको पनि उत्तिकै योगदान गरेको उल्लेख गर्नुभयो । ‘आश्रितले कम्युनिष्ट आन्दोलनलाई दृढ आत्मविश्वास र अथक प्रयास साथ अगाडि बढाउनु भयो’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उहाँलाई हामी कुशल संगठकको रुपमा जान्दछौ ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments