काठमाडाैँ । धानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बुधबार बिहान दुई घन्टाको छलफलपछि एकताको अन्तिम टुंगो लागेको छ।

दुई ठूला वाम दल एमाले र माओवादी आज एकीकरण हुँदै छन् । मदन–आश्रित स्मृति दिवसका अवसर पारेर दुवै पार्टीले आ–आफ्ना पुराना संरचना विघटन गरी नेपाल कम्युनिस्ट पार्टी गठन गर्न लागेका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

जनमतमा इतिहासकै शक्तिशाली पार्टी
एमाले र माओवादीको एकीकरणबाट बन्ने नयाँ पार्टी जनमतका आधारमा इतिहासकै ठूलो पार्टी हुनेछ । संघीय संसद्को निर्वाचनमा सदर ८५ लाख ४८ हजार मतको ५२।३७५ मत एमाले–माओवादीले पाएका थिए । प्रतिनिधिसभामा एमालेको १२१ र माओवादीको ५३ सिट छ । दुवैको जोड्दा दुईतिहाइभन्दा १० सिट कम अर्थात् १७४ सिट हुन्छ । जसले ५२।३७५ जनमतको प्रतिनिधित्व गर्नेछ।

राजनीतिक प्रतिवेदनमा प्रचण्ड र जनयुद्ध उल्लेख
एकीकृत पार्टीको राजनीतिक प्रतिवेदनमा जनयुद्धको नेतृत्व प्रचण्डले गरेको विषय थप गरिएको छ । ‘प्रचण्डको नेतृत्वमा भएको जनयुद्धले नेपाली समाजको गुणात्मक परिवर्तनमा योगदान पु(याएको’ विषय प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको एक माओवादी नेताले बताए । झापा आन्दोलन, जनआन्दोलन, जनयुद्ध, ०६२.६३ को आन्दोलनले राजनीतिक परिवर्तनमा खेलेको भूमिकाबारे राजनीतिक प्रतिवेदनमा उल्लेख थियो।

दश तहका कमिटी
स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, महानगररउपमहानगररनगररगाउँपालिका कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटी

आलोपालो अध्यक्षता, चुनाव चिह्न सूर्य
एकीकृत पार्टीमा दुवै अध्यक्ष पार्टी प्रमुखका रूपमा रहनेछन् । दुवै सहअध्यक्षको हैसियतमा रहनेछन् । पार्टी बैठकको दुवैले पालैपालो अध्यक्षता गर्ने सहमति छ । दुवैमा बराबर कार्यकारी अधिकार रहनेछ । नयाँ बन्ने नेपाल कम्युनिस्ट पार्टीको चुनाव चिह्न सूर्य राख्ने सहमति भएको छ । यो चिह्न यसअघि एमालेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments