काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच हुने पार्टी एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय हुने भएको छ ।

उक्त कमिटीमा एमालेको तर्फबाट २ सय ४१ र माओवादीबाट २०० जना रहनेछन् । यसैगरी एकता पछि बन्ने ४३ सदस्यीय स्थायी कमिटीमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहने उच्च स्रोतले जनाएको छ ।

दुवै पार्टीको उच्च नेतृत्वले मदन आश्रति स्मृति दिवसको अवसर बिहीबार पार्टी एकताको घोषणा तयारी गरेका छन् । यसै गरी बिहीबार नै नेपाल कम्युनिष्ट पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी समेत भएको स्रोतले बतायो । दुई पार्टीको सहमतिमा पार्टीको चुनाव चिहृन सूर्य नै रहने भएको छ ।

नेकपा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बिहान छलफल भएको थियो । छलफलपछि बुधबार साँझ बसेको एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले प्रचण्डसँग भेटमा भएको कुराकानीबारे बैठकलाई जानकारी गराएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments