काठमाडौं । सुपरहिट चलचित्र लुटका निर्माता माधवराज वाग्ले नक्कली नोटसहित पक्राउ परेका छन् ।

नक्साल चारढुङ्गेमा रहेको प्रिन्सेस मुभिज प्रालिमा प्रहरीले छापा मारी सञ्चालक माधव वाग्लेको कोठबाट १ हजार दरका नेपाली नक्कली नोट दुई करोड बाउन्न लाख बरामद गरेको हो । लुट, लुट २ तथा रेशम फिलिली लगायतका चलचित्रका निर्मातासमेत रहेका वाग्लेले आफूले फिल्मको छायाँकंनका लागि नक्कली नोट छापेको बताएका छन् । केही नोटमा ’फिल्म प्रयोजनका लागि’ भनेर समेत लेखिएको पाइएको छ ।

बागबजारमा नवज्योति प्रिन्टिङ प्रेस चलाएर बस्ने धादिङका प्रकाश सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सुवेदीले भक्तपुरका विकेश नापितलाई नक्कली नोट छाप्न दिएको प्रहरीलाई दिएको बयानमा स्वीकारेका छन् ।

Comments

comments