काठमाडाैं। अमेरिका डाइभर्सिटी भिजा अर्थात् इडिभी २०१९ को नतिजा सार्वजनिक भएको छ ।

काठमाडौं, महाराजगंजस्थित अमेरिकी दूतावासका अनुसार सन् २०१७ को अक्टोबर महिनादेखि नोभेम्बरसम्म इडिभी कार्यक्रम अन्तर्गत अमेरिका जान इच्छुकमध्य तोकिएको योग्यता पुगी भरेको डिभी चिठ्ठाको नतिजा सार्वजनिक गरिएको हो ।

इडिभि कार्यक्रमअन्तर्गत फारम भरेकाको डिभी नतिजा युएस डिपार्टमेण्ट अफ स्टेटको काउन्सुलर अफेयर्सले सार्वजनिक गरेको हो । यो कार्यक्रम मार्फत अमेरिकाले विभिन्न देशबाट ५० हजार आप्रवासी लैजाने गर्छ ।

अमेरिका बसाइ सराइ गर्न नेपालीहरूले पनि यसलाई महत्वका साथ पछ्याउँदै आइरहेका छन् ।

डिभी भरेकाहरूले आफ्नो नतिजा यहाँ क्लिक गरेर थाहा पाउन सक्नेछन् ।

Comments

comments