काठमाडौं । नेपाली प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ठूलो मूल्यको नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको छ ।

अत्याधुनिक प्रेसमा छापिएका एक हजार दरका नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार ५ करोड ६७ लाख ४३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ।

सक्कली जस्तै देखिने नोटहरु प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट बरामद गरेको हो। काठमाडौं प्रहरीले काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा छापा हानी नोट बरामद गरेको हो।

Comments

comments