काठमाडौं । खानाका सौखिन व्यक्तिहरुका लागि चिकेनको परिकारहरु रोजाइमा पर्छन् । चिकेनलाई विभिन्न तारिकाले पकाएर विभिन्न स्वाद र नाममा पस्किन सकिन्छ । यहाँ चिकेन चिल्ली बनाउने तरिकाको चर्चा गरिएको छ । चिकेन चिल्ली घरमा खाजा देखि लिएर जमघटसम्मलाई विशेष परिकार बन्न सक्छ ।

सामग्री :

लाम्चो गरि काटिएको चिकेन, मैदा,

कागतीको रस, मरिचको धुलो, रातो खुर्सानीको धुलो, प्याजको पात, नुन

अण्डा, सोयासस, प्याज, लसुन, चिल्ली सस, क्याप्सिकम, चिनी

विधि :

एउटा भाँडामा अण्डा, मैदा, मरिचको धुलो, सोया सस, नुन, खुर्सानीको धुलो, कागतीको रस राख्ने र राम्रोसंग मिक्स गर्ने ।

त्यो मिक्समा मासु राख्ने र त्यसलाई छोपेर एक घण्टासम्म यत्तिकै राख्ने ।

त्यसपछि मासुलाई डिप फ्राई गर्ने ।

एउटा भाँडोमा प्याज, क्याप्सिकम, सोया सास, लसुन, नुन र सबै मसला पकाएर ग्रेभी तयार गर्ने ।

ग्रेभीमा फ्राई गरिएको मासु राखेर मिक्स गर्ने र केही छिन पकाउने ।

 

Comments

comments