एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुरले दोस्रो पटक आफ्नो नाम फेरेकी छिन् । गत साता विवाह बन्धनमा बाँधिएकी सोनमले विवाहलगत्तै आफ्नो नाम परिवर्तन गरेकी हुन् ।

उनले आफ्नो नाम परिवर्तन गर्दै सोनम के अहुजा राखेकी छिन् । यसअघि उनले सोनम कपूर र सोनम कपुर अहुजा नाम राखेकी थिइन् । सोनमले विवाहको दिन नै सोसल मिडियामा आफ्नो नाम परिवर्तन गरेर सोनम कपुर अहुजा लेखेकी थिइन् । न्यूमोरोलोजीको हिसाबमा सोनमको नयाँ नाम सोनम कपुर अहुजाको मुल्यांकन ७ हुन्छ,जुन अंक उनको लागि फलदायी होइन । त्यसैले उनले न्यूमोरोलोजिस्टको सल्लाहमा नाम परिवर्तन गरेकी हुन् । पछिल्लो नाम सोनम के अहुजाको मुल्यांकन ९ हुन्छ । यो संख्या मंगलमको अंक मानिन्छ ।

यसबाट सोनमको करियर र उनको श्रीमानको व्यवसायमा पनि लाभ प्राप्त हुने न्यूमोरोलोजिस्टको दाबी छ । बैशाख ८ गते विवाह बन्धनमा बाँधिएको यी नव विवाहित जोडी हनिमून ट्रीप समेत स्थगित गरेर कान्स फिल्म फेस्टिवलमा सहभागी बन्न आमेरिका पुगेका थिए ।

Comments

comments