काठमाडौँ । आजबाट अधिकमास सुरु भएको छ ।

एउटै महिनामा दुईओटा औंसी तिथि पर्यो भने अधिकमास हुन्छ । एकै महिनामा दुईवटा औँसी पर्नु वा दुई औँसीकोबीचमा संक्रान्ति नपर्नु नै अधिकमास हो अथवा चन्द्रमाको घडी पला हुँदै जम्मा हुने महिना नै अधिकमास हुन्छ । अधिकमासलाई शास्त्रले शुभ मास भन्दछ । अधिकमास परेको वर्ष वर्षमा १३ महिना हुन्छन् तर दिन गणना गर्दा चाहिँ ३६५ नै हुन्छन् । अधिकमास तिथिको घटबढका कारणले देखिने गर्छ । अधिकमास वर्षमा भएका तिथिहरुलाई सन्तुलनमा राख्न पूर्वजहरुले बनाएको एक विशेष ‘ग्याप डे’ हो । मलमास वा अधिकमास त्यस्तो कुनै डरलाग्दो अशुभ समय भने चाहि होईन । वर्ष दिनलाई ठीकसँग मिलाउनकोलागि मलमास र क्षयमास आउने गर्दछ । पाश्चात्य परम्परामा ‘लिप इयर’को सहायताबाट वर्षलाई कायम गर्ने गरिन्छ ।

लिप इयर हरेक तीन वर्षमा ठीक समयमा आउने गर्दछ भने अधिक मास चान्द्रमासको गतिमा निर्धारण हुने गर्दछ । यो वर्षको अधिकमास जेठ २ गते बिहीबार सुरु भई जेठको ३० गतेसम्म रहनेछ । अधिकमासमा के के गर्न हुन्छ के के गर्न हुँदैन भन्ने बारेमा शास्त्रमा चर्चा परिचर्चा भएको पाइन्छ ।

गर्नहुने कामहरु

  • भगवान नारायणको पूजा गरिने र अधिकमासमा माहात्म्य वा कथा सुन्न र दान गर्न
  • दैनिक रूपमा गर्दै ल्याईएका कर्महरू जस्तो नित्य पाठपूजा गर्न
  • वार्षिकी कार्यहरु श्राद्ध तथा पितृकर्म गर्न
  • पुरुषोत्तम पूजा कथा श्रवण गर्न
  • दैनिक रूपमा गरिने स्नान, सन्ध्योपासन, नित्यपूजा गर्न
  • बच्चाको नामकरण, अन्नप्राशन र अन्त्येष्टि जस्ता संस्कार गर्न
  • यात्रा गर्न, साझेदारीका काम गर्न, बीज रोपण गर्न, रुख रोपण गर्न,
  • दान दिन, परोकारी काम गर्न

गर्न नहुने कामहरु

  • विवाहादि कार्य व्रतवन्ध लगायतका शुभ कर्महरू गर्न
  • नवविवाहित जोडीसँगै बस्न
  • मांगलिक शुभ कार्यहरू गर्न (विवाह, ब्रतवन्ध आदि कार्य)
  • विशेष पूजाआजा, यज्ञ–अनुष्ठान गर्न (होम होमादीका कामहरु)

Comments

comments