काठमाडौं । आजबाट मलमास सुरु भएको छ । एउटै महिनामा दुईओटा औंसी तिथि पर्नुलाई मलमास वा अधिकमास भनिन्छ । यो वर्षको मलमास जेठ २ गते बिहीबार सुरु भई जेठको ३० गतेसम्म रहनेछ ।

मलमासको अवधिमा गर्नहुने कामहरु

भगवान नारायणको पूजा गरिने र अधिकमासमा माहात्म्य वा कथा सुन्न र दान गर्न
दैनिक रूपमा गर्दै ल्याईएका कर्महरू जस्तो नित्य पाठपूजा गर्न
वार्षिकी कार्यहरु श्राद्ध तथा पितृकर्म गर्न
पुरुषोत्तम पूजा कथा श्रवण गर्न
दैनिक रूपमा गरिने स्नान, सन्ध्योपासन, नित्यपूजा गर्न
बच्चाको नामकरण, अन्नप्राशन र अन्त्येष्टि जस्ता संस्कार गर्न
यात्रा गर्न, साझेदारीका काम गर्न, बीज रोपण गर्न, रुख रोपण गर्न,
दान दिन, परोकारी काम गर्न

गर्न नहुने कामहरु

विवाहादि कार्य व्रतवन्ध लगायतका शुभ कर्महरू गर्न
नवविवाहित जोडीसँगै बस्न
मांगलिक शुभ कार्यहरू गर्न (विवाह, ब्रतवन्ध आदि कार्य)
विशेष पूजाआजा, यज्ञ–अनुष्ठान गर्न (होम होमादीका कामहरु)

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments