मेलबर्न । अष्ट्रेलियामा हरेक महिना नियमित रुपमा नेपाली चलचित्र प्रदर्शन हुने भएको छ ।

नेपाली चलचित्रप्रति अष्ट्रेलियावासी नेपालीहरुको आकर्षणलाई मध्यनजर राखी अंग्रेजी महिनाको हरेक पहिलो शनिबार सिड्नीमा नेपाली चलचित्रको प्रदर्शन गरिन लागेको हो । लामो समयदेखि शिक्षा एवम् स्वास्थ्य क्षेत्रमा सक्रिय एजुकेशन एण्ड माइग्रेसन कर्नरको पहलमा नेपाली चलचित्रको प्रदर्शन गरिनेछ । चलचित्र प्रदर्शनको लागि सिड्नीको हर्सभिलमा रहेको सिभिक थिएटरसंग सम्झौता समेत भैसकेको छ ।

नेपालीहरूको बसोबास बांक्लिंदै जाँदा र प्रवासमा नयाँ पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृतिको बारेमा जानकारी दिन चलचित्र सशक्त माध्यम बन्न सक्ने सोचेर आफूले सिड्नीमा नियमित चलचित्र प्रदर्शनीको व्यवस्थापन गरिएको संयोजक सुनिल उप्रेतीले बताए ।

Comments

comments