एजेन्सी । एक परिवारले आफूले कुकुरको बच्चा भनेर पालिराखेको जनावर भालु रहेछ भन्ने दुई वर्ष पछि मात्र थाहा पाएका छन् ।

चीनकी सु युनले दुइ वर्ष अगाडी कुकुरको एउटा बच्चा किनेकी थिइन्। उनलाई र उनको परिवारलाई लाग्यो कि, त्यो कुकुर तिबतीयन मस्टिफ जातको कुकुर हो । उनीहरुले त्यो कुकुरको त्यही अनुसार नै स्याहार गरे ।

हुर्कंदै जाँदा कुकुरले फरक चालढाल देखाउन थालेपछि उनीहरुलाई शंका लाग्न थाल्यो । त्यसपछि उनीहरुले जनावर सम्बन्धि काम गर्ने अधिकारिहरुलाई त्यसको परिक्षणको लागि बोलाए ।

कुकुर भनेर पालिएको दुई वर्ष पछि थाहा भयो कि, त्यो जनावर एजियाटिक ब्ल्याक बियर रहेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments