सिराहा । बाह्र वर्षमा विवाह भएर १३ वर्षमै छोरीलाई जन्म दिएकी सिराहा गोलबजारकी ममता मरिकलाई उपचारको लागि विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा भर्ना गरिएको छ।

छोरी जन्माएको भन्दै एक महिनाकी सुत्केरी ममतालाई श्रीमानसहित परिवारले घरनिकाला गरेका छन्। सप्तरीको गढीगाउँपालिका–७ का गुमन मरिककी छोरी ममताको एक वर्षअघि सिराहा गोलबजार घर भएका २७ वर्षीय प्रकाश मरिकसँग विवाह भएको थियो।

ममताले १३ वर्षकै उमेरमा एक महिनाअघि छोरीलाई जन्म दिएकी थिइन् । प्रकाशको ममतासँग दोस्रो विवाह हो । जेठी श्रीमतीतर्फ दुई छोरी छन् । छोरी जन्माएको भन्दै श्रीमान् र परिवारका सदस्यले वैशाख तेस्रो हप्ता घरनिकाला गरेपछि ममता माइतीको शरणमा पुगेकी छन्।

१३ वर्षीया किशोरी आमा ममताले सुनाएको पीडा आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

पेटमा बच्चा भएको बेला नखाई बसेँः ममता
जेठमा मेरो विवाह भयो। साउनमा गर्भ वस्यो। त्यही समयदेखि ममाथि कुटपिट सुरु भयो। उसकी जेठी श्रीमती अन्तै गएकी रहिछ। असारमै फर्केर आई।

मलाई मैले गर्न नसक्ने र नजान्ने काम लगाउने गर्थी। सौताले पोल लगाएर बेलुका ममाथि कुटपिट हुन्थ्यो। कतिदिनसम्म केही नखाइ बसेँ। चार–पाँचदिनसम्म पनि मलाइ खान दिएनन्।

पेटमा बच्चा हुर्कंदै थियो। मलाई शारीरिक र मानसिक यातना दिइरहे। प्रकाश बजारमा एउटा अफिसमा सफाईको काम गर्थे। मलाई खान लाउन दिँदैनथे। केही नजान्ने, अटेरी भनेर सधँै हेला गर्थे। गत चैतमा मैले खेतमै बच्चा जन्माएँ।

बच्चा जन्माएपछि श्रीमानले मायाँ गर्लान् भनेको झन् छोरी जन्माइस् भनेर थप पीढा दिन थाले। छोरा किन नजन्माएको भन्दै मुखमा आँैला हाल्ने, लाती र लाठी प्रहार हुन्थ्यो। कति रात रोएर विताएँ। यो छोरी मेरी होइन भनेर यातना दिए।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments