मेलबर्न । हरेक वर्षजसो विद्यार्थीका लागि उत्कृष्ट सहरको सुचीमा पर्ने अष्ट्रेलियाका मेलबर्न र सिड्नी सहर २०१८ को लागि पनि उक्त सूचीमा परेका छन् । टप युनिभर्सिटीज डटकमले सुची सार्वजनिक गरेको हो ।

विद्यार्थीका लागि विश्वका उत्कृष्ट सहरको सुचीमा मेलबर्न तेस्रो स्थानमा छ भने सिड्नी सहर नवौं स्थानमा आएको छ । उक्त सुचीको पहिलो स्थानमा लन्डन र दोस्रो स्थानमा जापानको टोकियो सहर आएका छन् ।

अमेरिकाको बोस्टन सहर र क्यानाडाको टोरोन्टो सहर उक्त सूचिको १३ औं स्थानमा आएका छन् ।

टप युनिभर्सिटीज डट कमका अनुसार, उक्त सहरमा रहेको विद्यार्थीको संख्या, सांस्कृतिक विविधता, शिक्षाको गुणस्तर, अवसर तथा सुविधा आदिको आधारमा सूची तयार गरिएको हो ।

उत्कृष्ट दश सहर :

१. लन्डन

२. टोकियो

३. मेलबर्न

४. मोन्टरियल

५. पेरिस

६. मुनिच

७. बर्लिन

८. जुरिच

९. सिड्नी

१०. सोल

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments