चितवन । यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरिएको छ । सैनिक आवासीय महाविद्यालय खैरहनी नगरपालिकाको पर्सास्थित आवासमा शनिबार बिहान ३ बजे कुटपिटको घटना भएको हो ।

आवासमा बसेका आफ्नै साथीहरुले भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी सिर्जना पौडेल लामिछानेका छोरा १४ वर्षीय श्रीनव लामिछालार्इ कुटेका हुन् । कुटपिटबाट श्रीनवको दायाँ आँखामा गहिरो चोट लागेको छ । आँखामुनिको हड्डी भाँचिएको छ । दुवै आँखामा रगत जमेको छ । घाँटीमा नील डाम छ ।

पीडित बालककाे नाक र मुखबाट रगत बग्ने समस्या देखिएको छ । सिर्जनाका अनुसार बालकलाई भरतपुरको मनकामना अस्पताल र भरतपुर अस्पतालमा सिटी स्क्यानसहित स्वास्थ्य परीक्षणपछि सोमबार प्रहरीमा उजुरी दर्ता गरिएको छ । पीडित पक्षले विद्यालयले घटना लुकाउन खाजेको आरोप लगाएका छन् ।

कक्षा ९ मा अध्ययनरत श्रीनवले घटना यसरी सुनाए – बिहान ३ बजेतिर साथी अनिस श्रेष्ठले पिसाब फेर्न जाउँ भन्यो । सँगै म शौचालय गएँ । सधैँ नयाँ साथी क्रिस थापाले शौचालय जाउँ भन्थ्यो, त्यो दिन अनिसले भन्यो । रिवाज रेग्मी शौचालयको ढोकामा लुकेर बसेको रहेछ । मैले रिवाजलाई देख्नेबित्तिकै झस्किएँ । यहाँ किन लुकेको भनेँ । अर्को साथी क्रिस थापाले पछाडि आएर मेरो घाँटी न्याँक्यो र भित्तामा ठोक्काएर न्याँकिरह्यो, म चिच्याइरहेँ । मलाई धारोको टुटीमा पनि ठोक्याए, धारो भाँच्चियो । त्यतिबेला अरु दुईजना, सुयोग श्रेष्ठ र रिजन श्रेष्ठ पिसाब फेर्न आए, क्रिसले उनीहरुले चुप लाग, उता जा भन्यो । त्यतिबेलै म चिच्याएको मेरो बेड पार्टनर सुयोग खनालले सुनेछ । उसले पालेलाई भनेछ । पालेदाइ आएपछि उनीहरु भागे ।’

क्रिस थापा भन्ने विद्यार्थी कक्षा ६ मा पनि त्यही विद्यालयमा अध्ययन गरेको तर विभिन्न बहाना पारी घर जाने गरेको श्रीनवले सुनाए । त्यसपछि बीचमा उक्त विद्यालय छोडेर अन्यत्र पढ्न गएका क्रिस पुनः कक्षा ९ मा सो विद्यालयमा आएको उनले बताए । क्रिसले एकजना साथी मारेमा विद्यालय बन्द हुने र यहाँ पढ्न र बस्न नपर्ने बताउँदै आएको श्रीनवले बताए ।

घटनापछि श्रीनवलाई बिहान ३ः४५ बजे स्थानीय चौधरी पोलिक्लिनिकमा उपचार गरिएको श्रीनवले बताए । बिहान १० बजेतिर विद्यालयका निमित्त प्राचार्य भविलाल न्यूरेले पीडित बालकका बुबा नवराज लामिछानेलाई टेलिफोन गरेको तर घटनाको विषयमा केही नबताएको लामिछानेले बताउनुभयो । पीडित बालकका परिवारले गम्भीर घटना हुँदासमेत विद्यालयले लुकाएको आरोप लगाएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments